काठमाडौं, 24 अप्रैल 2023
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदमा विश्वासको बहुमत पुर्याउन नसकेपछि स्वतः पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो ।
उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए ।
उनले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र पाए । उनको पद कामय रहनको लागि ८७ मत पुग्नुपर्नेमा थोरै मत मात्रै प्राप्त गरेका हुन् ।









































