काठमाण्डौ, 9 अगस्त 2021
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । एमालेका प्रदेश सांसद लीला गिरीले रिट दायरले गरेका हुन् । रिटमा विशेष अधिवेशन आह्वान रोक्न माग गरिएको छ । आइतवार सोही सम्बन्धी कानून व्यवसायी प्रवेश केसीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । विपक्षी गठबन्धनका ३४ सांसदले विशेष अधिवेशनको मागसहित प्रदेश प्रमुख अमिक शेरचनलाई समावेदन पेश गरेपछि शेरचनले अधिवेशन आह्वान गरेका थिए । साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने छ । मुख्यमन्त्रीविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।









































