HomeFeatureलैङ्गिक पहिचानका लागि चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधानमा आपत्ती

लैङ्गिक पहिचानका लागि चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधानमा आपत्ती

काठमाडौं, 20 मई 2022

सरोकारवालाहरुले नागरिकता ऐन संशोधन विधेयकमा लैङ्गिक पहिचानका लागि चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान राखिएको भन्दै आपत्ती जनाएका छन् । शुक्रबार काठमाडौंमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको कार्यक्रममा उनीहरुले  संविधानले लैङ्गिक पहिचानअनुसार नागरिकता प्रमाणपत्र दिने व्यवस्था गरेपनि संशोधन विधेयकमा चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान राखिएको भन्दै आपत्ती जनाएका हुन् । कार्यक्रममा लैङ्गिक पहिचान अभियानकर्मी रुक्सना कपालीले गृह मन्त्रालयले नागरिकता वितरण सम्बन्धमा अन्य लिङ्गी निर्देशिका बनाएकामा त्यसमा स्व अनुभूतिका आधारमा नागरिकता दिने व्यवस्था नभएको बताउनुभयो । उहाले लैङ्गिक पहिचानका लागि चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान मान्य नहुने धारणा राख्नुभयो । त्यस्तै अधिकारकर्मी एलिन भण्डारीले नागरिकतामा एलिना भण्डारी नाम हुँदा अर्कैको नागरिकता बोकेजस्तो लाग्ने गरेको बताउनुभयो । विधेयकमा रहेको लिङ्ग परिवर्तनका लागि चिकित्सकको प्रमाणपत्र चाहिने व्यवस्था हटाउन पनि उहाँले माग गर्नुभयो । मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले लैङ्गिक पहिचानका आधारमा नागरिकता पाउने व्यवस्था संबिधानमा गरिए पनि कानुन नबनेकै कारण कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । संविधानमा पहिलो वर्षमै बाझेका कानुन खारेज भई अर्को कानुन बन्ने उल्लेख भएपनि अझै कार्यान्वयन हुन नसकेको उहाको भनाई छ । उहाले संविधानको धारा ३०४ अनुसार २०७५ फागुन २५ गते नै नागरिकता ऐन आउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । २०७७ मा संसदमा पेश भएको विधेयक अझै पारित हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...