काठमाडौं, 14 दिसम्बर 2021
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको हो । सभापति देउवाले आफूहरु सँगसँगै लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष र जेलजीवन बिताएको प्रङ्सँग उल्लेख गर्नुभयो । त्यस्तै पार्टीका वरिष्ठ नेता पौडेलले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्धमा आफ्नो लडाइँ सधैं जारी रहने बताउनुभयो । पार्टी सभापतिका अर्को उम्मेदवार डा शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा निर्वाचन भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयॉ उहाँले अनुशासित पार्टी निर्माणका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।









































