काठमाडौँ,२० मार्च, २०२०
लोकसेवा आयोगले चैतमा लिने परीक्षा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आयोगको बिहीबार बसेको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मका आयोगका सबै लिखित परीक्षा स्थगित गरिएको जनाएको छ ।
लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको छ । त्यस्तै यसअघि नै विश्वविद्यालयहरुले पनि पठनपाठनसहित सबै परीक्षाहरु स्थगत गरिएको जनाएका छन् ।









































