HomeFeatureलोसपाद्वारा २० वटा प्रतिवद्धता सहितको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक

लोसपाद्वारा २० वटा प्रतिवद्धता सहितको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक

काठमाडौं, 29 अप्रैल 2022

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बिभिन्न २० वटा प्रतिवद्धता सहितको स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगाएतले चूनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो । लोसपाले सबल, सक्षम र स्रोतसमपन्न स्थानीय सरकार, सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै कृषिसेवा विस्तार, सिंचाइ एवम् प्रभावकारी बजार व्यवस्थापन, चुरे जोगाऔं, मधेश बचाऔं लगाएतका प्रतिवद्धता घोषणापत्रमा उल्लेख छ । लोसपाले पहिचानमा आधारित राज्य पुनसंरचना एवं संविधानमा भएका कमजोरी सच्चाउनका लागि फेरी संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भएको र यसका लागि तयार रहेको जनाएको छ । कार्यक्रममा लोसपा अध्यक्ष ठाकुरले मुलकु संघीय राज्य भएपछि सवै क्षेत्रमा समान अधिकार दिने भनिएपनि त्यसो हुन नसकेकाले आफ्नो पार्टीले यसलाई प्रमुखका साथ उठाएको बताउनुभयो । नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि जसपाले बिशेष ध्यान दिने उहाको भनाई छ । उहाले मधेश क्षेत्रका खानेपानी , स्वास्थ्य र शिक्षाको क्षेत्रलाई बिशेष जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस, कम्युनिष्टहरु सत्ता र सरकारका लागि चूनाव लड्ने भएपनि लोसपा अधिकार र पहिचानका लागि चूनाव लड्ने बताउनुभयो । चूनावलाई नै आन्दोलनको रुपमा लिदै अधिकार प्राप्तीको आगामी संघर्षका लागि लोसपा तयार रहेको उहाको भनाई छ । त्यस्तै उहाले निर्वाचनकै खिल्ली उठाउने गरि ठूला दलहरु गठबन्धन बनाएर चूनाव लड्न लागेको भन्दै लोसपा एक्लै चूनाव लड्ने बताउनुभयो । लोसपाले कांग्रेस ठूलो पार्टी भएपनि काम सानो र कम्युनिष्ट पार्टीहरु विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी भएको टिप्पणी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...