काठमाडौं, 30 सितम्बर 2021
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनका काठ लगाएत वन पैदावारको परिचालनमा लगाइएको सवै खाले प्रतिवन्धहरु तत्काल हटाउन माग गरेको छ । महासंघको तुलसीपुरमा बसेको छैठौं बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले वन ऐन २०७६ संग बाझिएका केहि निर्देशिका तथा कार्यबिधिहरु खारेज गर्नुपर्ने भन्दै सामुदायिक वनका काठ लगाएत वन पैदावारको परिचालनमा लगाइएको सवै खाले प्रतिवन्धहरु तत्काल हटाउन माग गरेको हो । त्यस्तै महासंघले चुरे वातावरण संरक्षण क्षेत्र खारेज गरि सामुदायिक वनका माध्यमबाट नै चुरे संरक्षण गर्ने वातावरण सिर्जनाका लागि सरकारको ध्यानाकर्षण गराएको महासंघकी अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो । त्यस्तै महासंघले वनको दिगो व्यवस्थापन गरि वन पैदावारको उत्पादकत्व बढाई काठ लगाएत वन पैदावारमा नेपाललाई आत्मनिर्भर बनाई विदेशी काठ आयात प्रतिष्ठापन गर्न पनि माग गरिएको उहाले बताउनुभयो । अध्यक्ष पाठकले सामुदायिक वन किसानले नै संरक्षण गरेका बेला उनीहरुलाई समेत मर्कामा पार्ने नीति सरकारको रहेको गुनासो गर्नुभयो । महासंघले आवधिक रुपमा संचालिन राष्ट्रिय जनगणना २०७८ मा सामुदायिक वन लगाएतका सम्पूर्ण सत्य तथ्य सूचना प्रवाह गरि सफल पार्न आह्वान गरेको छ ।









































