HomeFeatureवर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा : केपी शर्मा ओली

वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा : केपी शर्मा ओली

काठमाडौं, 15 मार्च 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको सहारा आवश्यक नपर्ने र एक्लैलै ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने बताउनुभएको हो । त्यस्तै ओलीले कम्युनिष्ट नाम राख्दैमा बास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै बास्तविक कम्युनिष्ट हुन बिचारमा स्पष्ट हुनुपर्ने जिकिर गर्नुभयो । उहाले केहि बुद्धिजिवीले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाउदै कम्युनिस्ट एकता बेकारको कुरा भएको तर्क गर्नुभयो । ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको ओलीको भनाई छ । एमाले अध्यक्ष ओलीले सत्तागठबन्धनलाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको धारणा राख्नुभयो । उहाले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताउनुभयो । उहाले हाल उपाध्यक्ष र उपमेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफु सकारात्म रहेको तर यस बिषयमा अस्वस्थ अभियान नचलाउन सुझाव पनि दिनुभयो । ओलीले महिलाको समान अधिकार र सहभागीताको बिषयलाई एमालेले नै अघि बढाएको दावी गर्नुभयो । सवै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...