HomeFeatureवर्तमान सरकारलाई सफल बनाउन नसके कम्युनिष्ट आन्दोलन पछाडी पर्नेछः प्रवक्ता श्रेष्ठ

वर्तमान सरकारलाई सफल बनाउन नसके कम्युनिष्ट आन्दोलन पछाडी पर्नेछः प्रवक्ता श्रेष्ठ

काठमाण्डौँ, 7 मार्च 2020
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जुनसुकै हालतमा पनि वर्तामान सरकारलाई सफल बनाउनुपर्ने बताउनुभएको छ। प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले सरकारलाई सफल बनाउन नसके कम्युनिष्ट आन्दोलन धेरै पछाडी पर्ने बताउनुभयो। सरकारको लक्ष्य राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई अगाडी बढाएर सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउनु रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। नेकपा सचिवालय सदस्य समेत रहनुभएका श्रेष्ठले समाजवादको आधार तयार पार्न नसके नेपालको कम्युनिष्ट आन्दोलन पछि धकेलिने मात्र नभएर पार्टीलाई समेत ठूलो क्षति पुग्ने बताउनुभयो।
नेकपा बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले पुरानै सोचबाट अगाडी बढ्न खोजे परिवर्तनलाई आत्मसाथ गर्न नसकिने बताउनुभयो। निरङ्कुसता र सामन्तीवाद अन्त्य गरी समाजवादी स्थापना गरी अगाडी बढिरहँदा व्यवहार, सोच र चिन्तन परिवर्तन गर्न नसके लक्ष्यमा पुग्न नसकिने उहाँले बताउनुभयो।
शनिबार प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीका सदस्यहरुले ललितपुर एक कार्यक्रमका बीच सपथ ग्रहण गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...