HomeFeatureवर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको नेता खगराज अधिकारीले बताउनुभयो

वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको नेता खगराज अधिकारीले बताउनुभयो

काठमाडौं, 10 नवम्बर 2021

नेकपा एमालेका नेता खगराज अधिकारीले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको बताउनुभएको छ । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा अधिकारीले गठबन्धनले बनाएको समन्वय समिति समेत असंवैधानिक भएको बताउनुभएको हो । त्यस्तै अधिकारीले आफ्नो दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पार्नुभयो । पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने पनि उहाले बताउनुभयो । अधिकारीले समाजवादको पूर्वाधार बनाउनको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई मूल कार्यभार बनाएर अघि बढ्ने पनि विश्वास दिलाउनुभयो । साक्षात्कारमा माओवादी नेता देव गुरुङले अहिले अदालतभित्र देखिएको विवाद अदालत आँफैले समाधान गरोस भन्ने धारणा राख्नुभयो । उहाले समन्वय समिति बनाईएको विषय सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिनुभयो ।त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आवश्यकत्ता महशुस गरे नै उच्चस्तरीय समन्वय समिति गठन गरिएको बताउनुभयो । गठबन्धन सरकारभित्र फेरि कुनै विग्रह नहोस भनेर नै सबै कुरा सहमति र समझदारीअनुसार गर्नको लागि नै समन्वय समिति गठन गरिएको उहाको भनाई छ । उहाले वर्तमान सरकारले खोपलाई प्राथमिकता दिएको र प्रधानमन्त्री देउवाले पनि प्रधानमन्त्री हुनेबित्तिकै आफ्नो प्राथमिकता ‘खोप, खोप र खोप’ भनेको स्मरण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...