HomeFeatureवाईसियल नेता, कार्यकर्ताहरु माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिवद्धता

वाईसियल नेता, कार्यकर्ताहरु माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिवद्धता

काठमाडौं, 30 अगस्त 2021

वाईसियल, नेपालका नेता, कार्यकर्ताहरुले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)लाई सबैभन्दा ठूलो दल बनाउने प्रतिवद्धता जनाएका छन । काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका उनीहरुले युवाहरुलाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन । सोही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउनुपर्ने वाईसियलका नेता, कार्यकर्ताहरुको पार्टी नेतृत्वसँग माग छ । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने गरी युवाहरुलाई परिचालन गरेर अघि बढने योजनासहित आफूहरु परिचालित हुने वाईसियल नेपाल भक्तपुरका संयोजक नरेश वाईबाले बताउनु भयो । उहाँले त्यसका लागि देशभरका युवाहरुलाई परिचालन गरेर जनतामाझ जान सक्ने नेतृत्वको आवश्यक्ता छ ।सिन्धुपाल्चोकका वाईसियल संयोजक रुपेन्द्र आचार्यले आगामी निर्वाचनमा देशको पहिलो राजनीतिक पार्टी माओवादी केन्द्रलाई बनाउने गरी आफ्नो संगठनलाई सशक्त बनाएर अघि बढने बताउनु भयो । उहाँले त्यसका लागि वाईसियल नेपालले मुलुकभर राजनीतिक पहुँच वृद्धि गरेर अघि बढनुपर्ने भएकाले सोही अनुसारको नेतृत्व बनाउनुपर्नेमा जोड दिनु भयो ।उता, मकवानपुरकी जिल्ला संयोजक अनु लामाले युवाहरुलाई सक्षम र दक्ष बनाएर माओवादी केन्द्रलाई मुलुकको पहिलो पार्टी बनाउन वाईसियल नेपालले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले युवाहरुको परिचालन गरेर मात्रै माओवादी केन्द्रलाई सबल पार्टी बनाउन सकिने तर्क पनि गर्नु भयो ।वाईसियल नेपालको जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसियल, नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...