HomeFeatureवाफ लिन गएका दम्पत्ति मृत भेटिए

वाफ लिन गएका दम्पत्ति मृत भेटिए

काठमाडौं,३० जनवरी
काठमाडौँमा रहेको ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा वाफ लिन गएका एक दम्पत्तिको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको गएराति निस्सासिएर मृत्यु भएको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

मृतक हस्त गर्बुजा पूर्वमन्त्री थममाया थापाको स्वकीय सचिव थिए । पूर्वमन्त्री थापाले मृतक गर्बुजा आफ्नो स्वकीय सचिव रहेको बताइन् ।

प्रहरीका अनुसार गर्बुजा मगर दम्पत्ति बुधबार साँझ जिम सकेर साउना लिन गएका थिए । साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि खोजखबर हुँदा उनीहरू भित्रै बेहोस भेटिएका थिए ।

अचेत अवस्थामै उनीहरूलाई पाटन अस्पतालमा लगिएको थियो । त्यहीँ उनीहरूलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...