HomeFeatureवाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना छैन: नेपाल

वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना छैन: नेपाल

काठमाडौं, 29 नवम्बर 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘म त्यस्तो सम्भवाना देखिरहेको छैन ।’

उनले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने समेत बताए। ‘गठबन्धन दलहरुसँगको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर लानुपर्छ भन्ने हामीले ठानेका छौं,’ नेपालले भने, ‘बाँकी कुरा राजनीतिक घटना क्रमसँगसँगै तय गर्छौं।’

गठबन्धनको सरकार बन्ने, नबन्ने कुरा पनि सम्पूर्ण चुनावी परिणाम आएपछि प्रष्ट हुने नेपालले बताए। ‘अहिले मतदान नै हुन बाँकी छ,’ उनले भने, ‘सबै आइसकेपछि एउटा ‘पिक्चर क्लियर’ हुन्छ । त्यसपछि सबैले आआफ्नो धारणा बनाउँछन् । त्यस क्रममा पनि हामीले आफ्नो धारणा तय गर्छौं।’

उनले राष्ट्रिय राजनीति कतै ‘दक्षिणपन्थी दिशातर्फ’ त जाँदै भन्ने बिषयमा पनि बैठकमा आफूहरुले गम्भीर चिन्तन गरेको बताए। ‘राष्ट्रिय राजनीति अब कुन दिशातर्फ अगाडि जान्छ भन्ने सन्दर्भमा हामीले गम्भीर चिन्तन मनन गर्‍यौं,’ नेपालले भने, ‘देश कतै दक्षिणपन्थी दिशातर्फ त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र सर्तक हुनुपर्ने आवश्यकता महसुस गर्‍यौं ।’

उनले इलाम, उदयपुर लगायतको चुनाव र मतगणनाबारे समीक्षा गरेको समेत बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...