HomeFeatureविकास कार्यहरु निर्धारित समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन

विकास कार्यहरु निर्धारित समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन

काठमाडौं, 5 अगस्त, 2021

विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न र बजेटको कार्य अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । समितिले २०७२ सालको महाभूकम्पबाट क्षति भएका राष्ट्रिय सम्पदा तथा पूर्वाधारहरु पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनर्निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएको छ । समितिको निर्देशन सुनाउँदै समितिका सचिव ओमबहादुर कार्कीले पुनर्निर्माण गरिएका संरचनाहरुको संरक्षण दीगोपना, उपभोग, एवं मर्मत सम्भारको श्रोत सुनिश्तिताको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई समितिले निर्देशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समितिले सम्पन्न हुन बाँकी रहेका पुनर्निर्माणका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न आवश्यक जनशक्ति र बजेटको व्यवस्थापनको कार्य तत्काल अगाडि बढाउन यो समिति नेपाल सरकार प्रधानमन्त्रधी तथा मन्त्री परिषद्को कार्यालय र अर्थमन्त्रालयलाई निर्देशन दिन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण गरिएका संरचनाहरुको संरक्षण दीगोपना, उपभोग, एवं मर्मत सम्भारको श्रोत सुनिश्तिता तर्फ सम्बन्धित निकायहरुको ध्यान जान जरुरी छ । यसको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई निर्देशन दिन्छ ।”

त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्था मध्ये ३३ वटा स्वास्थ्य संस्था जग्गा लगायतका कारणले बन्न नसकेको तर ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको बताउनुभयो । चालु आर्थिक वर्षको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिने उहाँले बताउनुभयो ।त्यस्तै सरकारी एवं सुरक्षा निकायका भवनहरुमा ४१५ वटा निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम सकिएको उहाँले बताउनुभयो । सुरक्षा निकायका भने २१६ वटामा सबै निर्माण सम्पन्न भएको छ । त्यस्तै पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण ९२० वटा गर्नुपर्नेमा ५८६ वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरुको पुनर्निर्माणमा १ हजार २९७ गर्नुपर्नेमा ३७३ वटा निर्माण सम्पन्न भइसकेको उहाँले बताउनुभयो । त्यस्तै सडक तथा खानेपानी संरचनाको पुनर्निर्माण ४२ वटामा २२ वटा सकिसकिएको छ । त्यस्तै शिक्षण संस्थाहरुको पुनर्निर्माणमा ७ हजार ५५३ वटा रहेकोमा ६ हजार  ६४७ वटा सकिएको छ ।उहाँले भन्नुभयो, १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्था मध्ये ३३ वटा स्वास्थ्य संस्था जग्गा लगायतका कारणले बन्न नसकेको तर ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको छ, चालु आर्थिक वर्षको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिन्छ, सरकारी एवं सुरक्षा निकायका भवनहरुमा ४१५ वटा निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम सकिएको छ, सुरक्षा निकायका भने २१६ वटामा सबै निर्माण सम्पन्न भएको छ, पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण ९२० वटा गर्नुपर्नेमा ५८६ वटाको निर्माण सम्पन्न भइसकेको छ, पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरुको पुनर्निर्माणमा १ हजार २९७ गर्नुपर्नेमा ३७३ वटा निर्माण सम्पन्न भइसकेको छ, सडक तथा खानेपानी संरचनाको पुनर्निर्माण ४२ वटामा २२ वटा सकिसकिएको छ,शिक्षण संस्थाहरुको पुनर्निर्माणमा ७ हजार ५५३ वटा रहेकोमा ६ हजार ६४७ वटा सकिएको छ ।उहाँले बजेटको कारण केही कामहरु ढिला भइरहेको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...