दिल्ली, 29 दिसम्बर 2022
नयाँ वर्षको अवसरमा धेरै बलिउड स्टारहरू क्वालिटी टाइम बिताउन छुट्टी मनाउन लागेका छन्। यसैबीच कट्रिना कैफ पनि पति विक्की कौशलसँग नयाँ वर्ष मनाउन राजस्थान गएकी छिन् । सामाजिक संजालमा हालै कट्रिनाले विक्की कौशलसँग जंगलमा आराम गरिरहेको तस्बिर सेयर गरेकी छिन् । यी तस्बिरहरूमा कट्रिना र विक्की जंगल सफारीको मजा लिइरहेको देखिएका छन् । यस क्रममा दुवै क्याजुअल लुकमा निकै आकर्षक देखिएका छन् । यी तस्बिरहरू सेयर गर्दै क्याटरीनाले क्याप्सनमा लेखेकी छिन्, ‘एकदम जादुई मुझे लगता है मेरे पसंदीदा जगहों में से एक’।