HomeFeatureविजयी भएकोमा देउवाद्वारा निर्वाचित गराउने सबैलाई धन्यवाद तथा आभार व्यक्त

विजयी भएकोमा देउवाद्वारा निर्वाचित गराउने सबैलाई धन्यवाद तथा आभार व्यक्त

काठमाडौं, 15 दिसम्बर 2021

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएको हो । दोश्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित भएपछि देउवाले निर्वाचित गराउने सबैमा धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । बालुवाटारमा शुभकामना दिन आएका नेता तथा कार्यकर्तामाझ उहाले आभार व्यक्त गर्नुभएको हो । सभापति देउवालाई बधाई दिन बालुवाटारमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको भिड नै लागेको थियो । त्यस्तै बालुवाटार पुग्नु भएका कांग्रेस नेता डा प्रकाशशरण महत्तले सवै नेताहरुलाई जोड्न सक्ने क्षमता देउवामा रहेको बताउनुभयो । महतले मुल अर्जुनदृष्टि आगामी निर्वाचन भएको भन्दै पार्टीलाई एकतावद्ध भएर लैजाने विश्वास व्यक्त गर्नुभयो । उहाले जनताकेन्द्रीत र देशको आवश्यकता र स्वर्थकेन्द्रीत पार्टी बनाउने धारणा पनि राख्नुभयो । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेकामा देउवाले २७३३ मत प्राप्त गर्नु भएको थियो भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गर्नु भएको थियो । ३५ मत भने बदर भएको थियो । यसअघि २०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको पार्टी सभापतिमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...