काठमाण्डौ, 1 जुन 2020
सांसद देवेन्द कँडेलले विद्युतिय सवारी, डिजेल पेट्रोलमा बढाइएको करमा असन्तुष्टि व्यक्त गर्नुभयो । बजेट विनियोजन विधेयकमाथिको सामान्य छलफलमा बोल्दै सांसद कँडेलले प्रधानमन्त्रीले सन् २०२० सम्म कुल सवारीको २० प्रतिशत सवारी विद्युतिय हुने घोषणा गरेपनि त्यो अनुसार अर्थमन्त्री अगाडी बढ्न नसकेको उहाँले बताउनुभयो । उहाँले पीएचडी गरेर आएका अहिलेसम्मका अर्थमन्त्रीहरुले उपलब्धिमुलक काम गर्न नसकेको बताउनुभयो । विदेशबाट पढेर आएपनि विद्धान अर्थमन्त्रीहरुले काम गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले जतिपनि डाक्टर भएका अर्थमन्त्री पायौँ उनीहरुबाट केही उपलब्धी पाएनौँ । हिजो डाक्टर नभएका अर्थमन्त्रीले ल्याएको बजेट उत्साहजनक थियो । तर विदेशमा पढेका डाक्टरहरुले काम गर्न सकेनन् । अहिलेका अर्थमन्त्री ज्यू कसैको आशिर्वादमा आउनुभयो उहाँले हामीलाइइ चिन्नुहुन्न् । उहाँको कृयाकलाप ठूला व्यापारी डिजेलमा भाउ बढाउने हवाई इन्धनमा भाउ नबढाउनेहरुका लागि ठिक छन् । तर ट्रयाक्टर चलाउने सर्वसाधारणका लागि यो उपयुक्त छैन् ।’’









































