कर्नाटक, 28 जनवरी 2020
रक्षामन्त्री राजनाथ सिंहले विपक्षी दलहरूले नागरिकता संशोधन विधेयकबारे भ्रण फैलाईरहेको आरोप लगाउनुभएको छ। कर्नाटकको मङ्गलुरूमा सी.ए.ए. समर्थनमा हिजो एउटा ऱ्यालीलाई सम्बोधन गर्दै उहाँले यो विधेयकले कुनैपनि भारतीयहरूको नागरिकता नखोस्ने बताउनुभयो।
रक्षामन्त्रीले सरकारले नागरिकता प्रदान गर्ने विषयमा कुनै प्रकारको भेदभाव नगरेको पनि स्पष्ट पार्नुभयो।
उहाँले काँग्रेसमाथि राष्ट्रिय नागरिक पञ्जिकरण एन.आर.सी.-बारे अल्पसंख्यकहरूमा भ्रम फैलाईरहेको आरोप लगाउँदै काँग्रेस सरकारले नै वर्ष 2000-मा एन.आर.सी. को प्रस्ताव गरेको स्मरण गर्नुभयो।
केन्द्रीय मन्त्री सदानन्द गौडा र भाजपा कर्नाटक प्रदेश अध्यक्ष नलिन कुमार कटील पनि ऱ्यालीमा उपस्थित हुनुहुन्थ्यो।









































