काठमाडौं, 2 सितंबर 2022
गृहमन्त्री बालकृष्ण खाणले विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्ने बताएका छन्। सिंहदरबारमा बसेको शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले आर्थिक पद्धति र प्रक्रिया तथा प्रचलित कानुनअनुसार रकम खर्च गर्नुपर्ने बताए । विपद् व्यवस्थापनका लागि रकमको अभाव हुने र भएका रकम पनि समयमा नै खर्च गर्न नसक्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने उनले बताए । उनले गतवर्ष विभिन्न भू-भागमा बाढी र पहिरोले क्षति गरेको र यस वर्ष पनि केहि भू-भागमा क्षति पुगेकाले केन्द्रले नै समन्वयन गर्नुपर्ने धारणा राखे बैठकमा पाँचथर, उदयपुर, गोरखा, डडेल्धुरा, बझाङलगायत अन्य जिल्लामा मनसुनजन्य विपद्वाट क्षतिग्रस्त भएका अत्यावश्यक संरचनाहरुको तत्का पुननिर्माणका लागि विपद् व्यवस्थापन कोषको बजेट उपलव्ध गराउने सम्बन्धमा छलफल भएको थियो भने खोटाङ र लमजुङ जिल्लामा भूकम्पबाट क्षतिग्रस्त भएका निजि आवासहरुको पुननिर्माण सम्बन्धमा पनि छलफल भएको थियो ।









































