HomeFeatureविपीकी नातिनी मनिषा राप्रपालाई भोट माग्न मैदानमा

विपीकी नातिनी मनिषा राप्रपालाई भोट माग्न मैदानमा

कास्की, 11 नवम्बर 2022

नेपाली कांग्रेसका नेता कार्यकर्ताले आदर्श मान्ने नेता विपी कोइरालाकी नातिनी एवं बलिउड अभिनेत्री समेत रहेकी मनिषा कोईराला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भोट माग्न मैदानमा उत्रिएकी छन् । शुक्रबार उनले कास्कीमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै राप्रपालाई जिताउन आव्हान गरिन् । बलिउड फिल्म उद्योगमा कुनै समय निकै चर्चामा रहेकी मनिषा विपी कोइरालाको विचार कांग्रेसले परित्याग गरेर कम्युनिष्टहरुको एजेण्डाको पछि लागेपछि रुष्ट भएकी छन् । कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको चर्चा चुनावमा मात्रै गर्ने गरिएको र सुकुम्बासीका नाममा जनतालाई कांग्रेस कम्युनिष्टले झुक्याउने काम गरेको भन्दै तीन दशक लामो समय उनीहरुले खेर फालेको बताए । उनले सुकुम्बासी समस्या र नागरिकता विधेयक सत्तामा रहँदै आएका दलहरुको चुनावी एजेन्डा मात्रै भएको पनि बताए ।

उनले थपे ‘पटकपटक मौका पाउँदा कसैले पनि एउटा सम्झनयोग्य काम गरेनन् । जुन नेता बोकेका छौं, तिनैको गलत कामले ऐंठन हुन्छ’ ।

लिङदेनले भने, ‘सुकुम्बासी समस्या र नागरिकता विधेयक चुनावी एजेन्डामात्रै भयो । पुसमा धनीपुर्जा दिन्छु भन्दै कांग्रेसका पनि दिन आए । बहुदलीय व्यवस्था आएपछि कांग्रेस सरकारमा छ । तर, समस्या समाधान किन हुँदैन ? अड्डामा बसेर होइन, सुकुम्बासी गाउँमै गएर स्थायीरूपमा समाधान गर्नुपर्छ । मौका पाए राप्रपाले एकैपटक समस्या समाधान गर्छ ।’

पुराना नेताले गर्दै आएको गलत कामले ऐंठन हुने उनले बताए । लिङदेनले कांग्रेसले फेरि चुनाव जित्यो भने, अरू पार्टी जोडेर सरकार गठन भयो भने पुनः शेरबहादुर देउवा नै छैठौं पटक प्रधानमन्त्री हुने बताउँदै सो पार्टीमा प्रधानमन्त्री हुने अर्को व्यक्ति नरहेको बताए । देश बचाउने एजेन्डा राप्रपाले ल्याएको भन्दै लिङदेनले देशको हित चाहनेले हलोमा भोट हाल्नुपर्ने बताए । उनले भने, ‘मेरा बाआमाको, हजुरबाको पालादेखिको पार्टीको हो, त्योभन्दा अन्यत्र भोट हाल्न हात जाँदैन भन्नुहुन्छ यस्तै सोचले निकास दिँदैन । अहिले देश बचाउने एजेन्डा राप्रपाले ल्याएको छ । हलो चिह्न सबैको साझा हो।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...