बुटवल,२७ जनवरी
पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको छ ।
एनसेलले राज्यलाई तिर्नुपर्ने अरबौँ रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
नेकपा पाल्पाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेल ‘बढार्ने जनसंघर्ष’ को क्रममा हुने सम्भावित क्षतिप्रति सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।
‘आजैका दिनदेखि घर, आँगन नजिक, घरको छतमा राखिएका एनसेलका टावरहरू हटाउन र एनसेलको सिम बहिस्कार गर्न आम जनसमुदायलाई पार्टी हार्दिक अपिल गरेको छ ।
विप्लव समूहको निशानामा देशभरका एनसेल टावर पर्दै आएका छन् । गएराति मात्रै मकवानपुरका दुई एनसेल टावरमा आगजनी भएको छ ।









































