काठमाडौं, 22 नवम्बर 2021
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै विप्लव नेतृत्वको नेकपा आवद्ध जनवर्गीय संगठनहरुले आयल निगममा धर्ना दिएको छ । काठमाडौंको टेकुस्थीत निगमको कार्यालय अगाडी उनीहरुले धर्ना दिएका हुन् । जनताको ढाड सेकिने गरि सरकारले मूल्यबृद्धि गरेको र यसको असर चौतर्फी रुपम परेको भन्दै उनीहरुले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन्। जनताको जीवनयापनसँग प्रत्यक्ष जोडिने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य बस्तुको समेत मूल्य बढ्ने भएकाले मूल्य घटाउनु पर्ने उनीहरुको भनाई छ ।









































