HomeFeatureविभाजनकारी गतिविधिहरु बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न तर्फ लाग्न एमालेको आव्हान

विभाजनकारी गतिविधिहरु बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न तर्फ लाग्न एमालेको आव्हान

काठमाण्डौं, 19 अप्रैल 2021

नेकपा (एमाले) ले कर्णाली प्रदेशमा अनुशासनहिन गतिविधि गर्नको निम्ति नेतृत्व गरेको भन्दै माधवकुमार नेपाल सहित ८ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले यस अघि सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको र कर्णाली प्रदेशमा अनुशासनहिन गतिविधि गर्नका लागि नेतृत्व गरेको भन्दै नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दुई दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । त्यसैगरी कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पनि स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदिप कुमार ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टी ह्वीपको उल्लंघन गर्ने ४ जना प्रदेश सभा सदस्यसहित अस्ति स्पष्टिकरण सोधेर चित्तबुझ्दो स्पष्टिकरण नदिनुभएका र हाल निलम्बनमा पर्नुभएका तर कर्णाली प्रदेशमा त्यो ढङ्गको अनुशासनहिन गतिविधि गर्नका निम्ति नेतृत्व गर्नुहुने ४ जना नेताहरुलाई थप दुई दिनको समय राखेर स्पष्टिकरण सोध्ने समेत पनि निर्णय यो बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै जुनसुकै बेला निर्वाचनमा जानुपर्ने भएकाले त्यसकानिम्ति तयार रहन पार्टीपंक्तिलाई आव्हान गर्नुभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । बैठकले बिभाजनकारी गतिविधिमा लागेका नेता, कार्यकर्तालाई त्यस्ता गतिविधि बन्द गरी पार्टीमा फर्किन समेत आग्रह गरेको छ ।

ज्ञवालीले भन्नुभयो कुनैपनि बेला निर्वाचनमा जानुपर्ने भएका कारणले त्यसकालागि तयार हुनको निम्ति पार्टी पंक्तिलाई आव्हान गरेको छ । विभाजनकारी गतिविधिमा लागेका साथीहरुलाई ति गतिविधिहरु बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरी पनि फर्किनको निम्ति आव्हान गरेको छ । नफर्के कारबाहीको विषय बन्ने कुराहरुलाई उल्लेख गरिएको छ ।

महासचिव ईश्वर पोखरेलले पेश गरेको सङ्गठनात्मक प्रतिवेदन पनि बैठकले पास गरेको छ । प्रतिवेदनमा पार्टीलाई व्यवस्थित बनाउनको निम्ति ६ महिने कार्ययोजना बनाइएको जसअनुसार जेठ मसान्तसम्म प्रदेशदेखि पालिकासम्मका सबै कमिटीको पुर्नगठन गर्ने, असार मसान्तसम्म पार्टी सदस्यता नविकरण गरिसक्ने, भदौमा वडा, पालिका र जिल्ला अधिवेशन गर्ने, असोजमा प्रदेश अधिवेशन गर्ने र मंसिरमा पार्टीको महाधिवेशन गर्ने सङ्गठनात्मक कार्यतालिका रहेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । महाधिवेशन आयोजक कमिटीको अर्को बैठक बैशाख १० गते बस्ने निर्णय पनि बैठकले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...