HomeFeatureविवाद बढ्दै गएपछि विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द

विवाद बढ्दै गएपछि विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं, 29 मार्च 2022

विवेकशील साझा पार्टीको दुई पक्षबीच विवाद बढ्दै गएपछि पार्टीको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार पार्टी कार्यालयमा दुईपक्षको विवाद उत्कर्षमा पुगेपछि पार्टी कार्र्यालय बन्द गरिएको हो । पार्टी कार्यालयमा संगठन विभाग प्रमुख निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न लागेको अवस्थामा अर्को पक्षले अवरोध गरेको थियो । यसअघि सोमबार  असन्तुष्ट पक्षले अध्यक्ष रविन्द्र मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाडिएको थियो । विवेकशीलका असन्तुष्ट नेता सिलवालले पार्टीभित्र भएका अन्यायका बिषय राख्न खोज्दा रोक्न खोजिएको बताउनुभयो । उहाले पार्टी भित्र अध्यक्ष मिश्र अल्पमतमा परेको र हस्ताक्षर सहित आफुहरुले निर्वाचन आयोगमा जानकारी गराएको दावी गर्नुभयो । उहाले पार्टीलाई कुनैपनि हालतमा राप्रपाकरण हुन नदिने स्पष्ट पार्नुभयो । त्यस्तै संस्थापन पक्षका नेता सरदराज पाठकले पार्टीको शुभकामना आदान प्रदान कार्यक्रमलाई बिथोल्न अर्को पक्षले पत्रकार स्म्मेलन गर्न खोजेपछि विवाद भएको बताउनुभयो । पार्टीको बिधि बिधान नमान्ने पक्षले तनाव सिर्जना गर्न खोजेको आरोप उहाले लगाउनुभयो । आफु अनुकुलको निर्णय गराउन नसक्दा अर्को पक्षले अनावश्यक बिकृति उत्पन्न गर्न खोजेको धारणा राख्नुभयो । विवाद पछि पार्टीले सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको जनाएको छ । दुईपक्षको विवादलाई मध्यनजर गर्दै पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...