HomeFeatureविश्वकै ठूलो विमान नष्ट रुसी आक्रमणमा

विश्वकै ठूलो विमान नष्ट रुसी आक्रमणमा

काठमाडौं, 28 फरवरी 2022

 विश्वको सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ एएन-२२५’ रूसी आक्रमणको क्रममा युक्रेनमा नष्ट भएको छ । युक्रेनी भाषामा यो विमानलाई ‘म्रिया’ वा सपनाको नामले चिनिन्छ । रुसले युक्रेनमाथि युद्ध थालेको चार दिन पुग्दा विश्वकै ठूलो विमान निशानामा परेको हो । युक्रेनको राजधानी किभ नजिकैको एयरफिल्डमा पार्क गरेर राखिएको उक्त विमान रुसी आक्रमणको दौरान नष्ट भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

 ‘रूसले हाम्रो ‘म्रिया’ लाई नष्ट गरेको हुनसक्छ । तर उनीहरूले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्नसक्ने छैनन् । हामी जित्नेछौं,’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीटरमार्फत लेखेका छन् ।

विमानको विनाशको पुरा विवरण भने आइसकेको छैन । एन्टोनोभ कम्पनीले एक ट्वीट गर्दै विज्ञहरूले निरीक्षण नगरेसम्म विमानको प्राविधिक अवस्था प्रमाणित गर्न नसकिने जनाएको छ ।

एन्टोनोभको व्यवस्थापन गर्ने युक्रेनी राज्य रक्षा कम्पनी युक्रोबोरोनप्रोमले आइतवार एक विज्ञप्ति  जारी गरी विमान नष्ट भएको तर, यसको पुनर्निर्माण रुसकै खर्चमा हुने स्पष्ट पारेको छ ।

‘पुनर्निर्माणमा तीन अर्ब अमेरिकी डलर र पाँच वर्षभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

युक्रेनको उड्डयन र एयर कार्गो क्षेत्रलाई जानाजानी क्षति पुर्‍याएकाले रुसले नै लागत खर्च बेहोर्नुपर्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...