HomeFeatureविश्वभर नयाँ वर्ष 2020 को भव्य स्वागत, ठाँउ-ठाँउमा आतिशवाजी र प्रकाश प्रदर्शनी

विश्वभर नयाँ वर्ष 2020 को भव्य स्वागत, ठाँउ-ठाँउमा आतिशवाजी र प्रकाश प्रदर्शनी

नयाँ दिल्ली, 1 जनवरी 2020

 

विश्वभर नयाँ वर्ष 2020 र नयाँ दशकलाई हर्षोल्लासका साथ स्वागत गरिएको छ । विश्वका प्रसिद्ध संरचनाहरुमा काउन्टडाउनसहित नयाँ वर्षको स्वागत गरिएको छ । अष्ट्रेलियाको सिडनीस्थित हार्बर ब्रीज र सिडनी ओपेरा हाउस र मेलबोर्नस्थित आकाशमा रंगीचंगी आतिशवाजी गरिएको छ । दुबईका अग्ला भवनहरुमा पनि आतिशवाजीका साथ गएको वर्षको विदाई र नयाँ वर्षको स्वागत गरिएको छ ।

(सिडनी)

(मेलबोर्न) 

दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा आतिशवाजी, एलईडी प्रदर्शनी र लेजर प्रकाश प्रदर्शनी गरिएको छ । प्रदर्शनी हेर्नका लागि भवन वरपर हजारौंको संख्यामा देश-विदेशका मानिसहरुको उपस्थिति रहेको थियो ।

(बुर्ज खलिफा)

नयाँ वर्षको स्वागत जापानको टोक्यो, दक्षिण कोरियाको सियोल, हङकङ, सिङ्गापुर, थाईल्याण्ड , टर्कीको इस्तानबुल, रुस लगायत विश्वभर गरिएको छ ।

(बेङ्कक )
(इस्तानबुल)
(सिङ्गापुर)

भारतका विभिन्न स्थानहरुमा पनि नयाँ वर्षलाई भव्य स्वागत गरिएको छ । गोवामा विभिन्‍न समुद्र तट र कयौं स्‍थानहरुमा नयाँ वर्षको स्‍वागतमा कार्यक्रमहरु आयोजित गरिएको छ । लाखौं मुम्बईबासीहरुले पनि नयाँ वर्षको स्वागत धूमधामले गरेका छन । गेट वे अफ इण्डिया, मरीन ड्राइव, गिरगाम, चौपाटी र जुहू बीच लगायतका स्थानमा 2020 को स्वागत गरिएको हो ।

राजधानी दिल्लीका विभिन्न स्थानहरुमा पनि नयाँ वर्षको भव्य स्वागत गरिएको छ । दिल्लीका इण्डिया गेट र कनाट प्लेस क्षेत्रहरुमा मानिसहरुको बाक्लो उपस्थितिमा नयाँ वर्षको स्वागत गरिएको हो ।

नयाँ वर्षको आवसरमा राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति एम. वेंकैया नायडू र प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरि नयाँवर्षको शुभकामना आदान-प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...