HomeFeatureविश्वविद्यालय नेतृत्वमाथि दलिय राजनीति हुन नहुनेमा सांसदहरूको जोड

विश्वविद्यालय नेतृत्वमाथि दलिय राजनीति हुन नहुनेमा सांसदहरूको जोड

काठमाण्डौँ, 14 फरवरी 2020

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयको नेतृत्व माथि दलिय राजनीति हुन नहुने बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा अध्यक्ष जोशीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायलयको अवधारणा तथा विशेषता सम्बन्धी जानकारी गराउँदै अन्य विश्व विद्यालयमा जस्तो दलिय राजनीति हावी हुन दिन नहुने बताउनुभएको हो। उहाँले देश चलाउने राजनीतिमा दलिय रजानीति आवश्यक भएको तर शिक्षा चलाउने शिक्षा नीतिमा दलिय राजनीति प्रवेश हुन दिन नहुने बताउनुभयो। त्यस्तै विश्वविद्यायललाई सबै नेपालीले अपनत्व गर्ने गरी विकास गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

बैठकमा सांसदहरुले विश्वविद्यालयको स्ट्याण्डर्ड के हुने भन्ने विषयमा अझै स्पस्ट हुन नसकेको बताएका छन्। उनीहरुले विश्व स्तरको विश्वविद्यालय निर्माण गर्ने भनिए पनि विश्वका विश्वविद्यालयको अध्ययन नगरी निर्माण गर्न खोजिकएको बताएका हुन्।

सांसद मानबहादुर विश्वकर्माले अर्थमन्त्रालयका तथ्याङ्कहरु प्रस्तुत गरेर विश्वविद्यालयको अवधारणा बनाउन नहुने बताउनुभयो।

सांसद चित्रालेखा यादवले विश्व विद्यालयमा दलिय राजनीति हुन दिन नहुने भन्ने विषय उचित भएको तर दलिय राजनीति देखियो भने के गर्ने भन्ने विषय आउन नसकेको बताउनुभयो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विश्व विद्यालयको व्यवस्थापन ट्रष्टबाट हुने र कुलपति, उपकुलपति तथा सहकुलपतिको अवधारणा नरहेको बताउनुभयो। उहाँले प्रेसिडेन्सियल प्रणाली मार्फत सञ्चालन हुने तथा स्थायी कर्मचारीहरु नरहने तथा विज्ञहरुलाई काम लगाइने भएकाले यो अन्य विश्वविद्यालय भन्दा फरक हुने बताउनुभयो।

समितिमा गत बुधबारदेखि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको थियो। शुक्रबार भने समितिले विश्वविद्यालयको अवधारणा र विशेषताका विषयमा जानकारी लिएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...