HomeFeatureविश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स सार्वजनिक

विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स सार्वजनिक

काठमाडौं, 30 नवम्बर 2022

आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स मंगलबार सार्वजनिक भएको छ ।भर्सटाईल निर्देशक मिलन चाम्सद्धारा निर्मित एवम् निर्देशत यो चलचित्र नेपाली, हिन्दी र अङ्ग्रेजीसहित तीन भाषामा निर्माण गरिएको हो।‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको मुख्य भूमिका रहेको छ । गोर्खा वारियरको यतीबेला फस्ट लुक्सको रूपमा तीन वटा पोष्टर सार्वजनिक गरिएको छ ।सन १९४९ को ‘मलाया इमरजेन्सी जङ्गल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई तस्बिरमार्फत फस्ट लुक्समा समेटिएको छ । एउटा पोष्टरमा चलचित्रमा ब्रिटिस गोर्खा सैनिकको रूपमा मुख्य अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन् । यस्तै अर्को पोष्टरमा रितेश सहित गोर्खा सैनिक मेजरको भूमिका रहेका अर्का अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिककै भेषमा प्रस्तुत छन् । मंगलबार सार्वजनिक गरिएको तेश्रो पोष्टरमा मुख्य अभिनेता रितेश चाम्ससहित उनको १२ जना ब्रिटिस गोर्खा सैनिकहरूको टिम युद्धमा जानको लागि तयारी मुद्रामा बसेका छन् । यी सबै पोष्टरहरू खैरो रङमा तयार गरिएको छ । युद्ध सम्बन्धि ऐतिहाँसिक कथामा चलचित्र रहेकाले पोष्टरको रङ ‘ग्रे कलर’मा तयार गरिएको निर्देशक चाम्सले बताएका छन् ।यस अघि दर्जन सफल चलचित्र निर्देशन गरिसकेका भर्सटाईल निर्देशक मिलन चाम्सले यसपटक गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जङ्गल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरूको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा पुर्याउँदै छन् । चलचित्र नेपाल सहित विश्वका सिनेमा हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रूपमा सुरेश राई छन् । यो चलचित्रको नेपाल र मलेशियामा छायाँकन भएको हो । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा समेटिएको छ ।गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । यस्तै, यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...