HomeFeatureविहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

दिल्ली, 9 अगस्त 2022

विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको गठबन्धन तोडेका छन् ।  आफ्नो दललाई कमजोर बनाउन भूमिका खेलेको भन्दै जदयूले भाजपासँगको गठबन्धन तोडेको हो।  पटनास्थित मुख्यमन्त्री आवासमा बसेको जदयूका सांसद र विधायकहरूको बैठकले भाजपा सँगको गठबन्धन तोडिएको घोषणा गरेको हो।  बैठकमा जदयूका नेता तथा मुख्यमन्त्री नितीश कुमारले भाजपाले जहिले पनि आफूहरुलाई कमजोर बनाउन भूमिका खेलेकाले उक्त पार्टीसँग सत्ता सहकार्य गर्न नसकिने भन्दै ब्रिफिङ गरेका थिए। भाजपाले आफूहरुलाई सन् २०१३ देखि अहिलेसम्म धोका मात्रै दिएको उनको भनाइ थियो।  भाजपासँगको गठबन्धन टुटेपछि जदयूले अब विधान सभाको सबैभन्दा ठूलो तथा प्रमुख विपक्षी पार्टी राष्ट्रिय जनता दलसहित कांग्रेस र वाम घटकहरुसँग मिलेर सरकार बनाउने भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...