वेस्ट इन्डिजविरुद्धको टेस्ट खेल: भारतको शानदार जित
काठमाडौं, 15 जुलाई 2023
भारतले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेट खेलमा शानदार जित हात पारेको छ। विन्डसर पार्कमा सम्पन्न खेलमा भारतले वेस्ट इन्डिजलाई एक इनिङ्स र १ सय ४१ रनले पराजित गरेको हो । यससँगै दुई खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।
पहिलो इनिङ्समै २ सय ७१ रनले पछि परेको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा १ सय ३० रनमात्र जोड्दा सबै विकेट गुमाएपछि भारतले शानदार जित हात पारेको हो ।
दोस्रो इनिङ्समा वेस्ट इन्डिजका लागि एलिक अथानिजले सर्वाधिक २८ रन बनाए । दोस्रो इनिङ्समा वेस्ट इन्डिजलाई सस्तैमा समेट्न भारतीय बलर रविचन्द्रन आश्विनले सर्वाधिक ७ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पहिलो इनिङ्समा १ सय ५० रनमात्र जोडेको थियो । उसका लागि एलिक अथानिजले सर्वाधिक ४७ रन बनाए ।
भारतका लागि रविचन्द्रन आश्विनले सर्वाधिक ५ तथा रविन्द्र जडेजाले ३ विकेट हात पारे ।
वेस्ट इन्डिजले पहिलो इनिङ्समा बनाएको १ सय ५० रनको जवाफमा भारतले पहिलो इनिङ्स समाप्तीको घोषणा गर्दा ५ विकेट गुमाएर ४ सय २१ रन जोडेको थियो ।
भारतका लागि प्लेयर अफ द म्याच यसश्वी जैसवालले सर्वाधिक १ सय ७१ रन तथा कप्तान रोहित शर्माले १ सय ३ रनको योगदान गरे ।
यो समाचार पनि पढनुहोस्…
- प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
- शाहरुख खानले दिए यस्तो जवाफ
- ६ देशका लागि राजदूत सिफारिस









































