नयाँ दिल्ली, 15 फरवरी 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकले 5-जी कनेक्टिभिटी र आर्टिफिशियल इन्टेलिजेन्स जस्ता चुनौतीहरूमा ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभएको छ। उहाँले नवीकरणीय ऊर्जाको लागि किफायती र टिकाउपूर्ण ब्याट्रीहरूको आवश्यकता भएको बताउनुभयो।
नयाँ दिल्लीमा वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद (सी.एस.आई.आर.)-को बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्रीले विश्व स्तरीय उत्पादनको लागि पारम्परिक ज्ञान तथा आधुनिक विज्ञानको उपयोगमा जोड दिनुभयो। उहाँले युवा विद्यार्थीलाई विज्ञानतर्फ आकर्षित गर्ने र नयाँ पीढीमा वैज्ञानिक सोचलाई बढुवा दिनुपर्ने आवश्यकतामाथि पनि जोड दिनुभयो।
यस अवसरमा प्रधानमन्त्रीले परिषदको कामकारवाहीको सराहना गर्नुभयो र भविष्यको रूपरेखा तयार पार्न सुझाव पनि दिनुभयो।









































