HomeFeatureव्यवसायी पत्रकार सम्मेलन

व्यवसायी पत्रकार सम्मेलन

काठमाडौं, 25 सितम्बर 2021

सरकारले प्रतिस्थापन अध्यादेशमार्फत छड उत्पादन गर्ने कच्चा पदार्थ स्पन्ज आइरनको भन्सार शून्य बनाउनुका साथै आयातीत स्टिल बिलेटमा अन्तःशुल्क बढाएको भन्दै रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष तथा साखः स्टीलका संचालक किरणप्रकाश साखःले आपत्ती जनाउनुभएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन उहाले बिलेट आयात गरेर डन्डी उत्पादन गर्दा स्वतः महँगो पर्न जाने बताउँदै बहुसंख्यक डन्डी उद्योगहरू प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुग्ने बताउनुभयो । मुलुकमा साना–ठूला गरी ३० वटा फलामे छड उत्पादन गर्ने उद्योगहरू रहेका र जसमध्ये ६ वटा उद्योगले मात्र बिलेट उत्पादन गर्दै आइरहेको साःखको जिकिर छ । उद्योगहरूले बिलेटबाट डन्डी उत्पादन गर्दा प्रतिकिलो पाँचदेखि ६ रुपैयाँसम्म महँगो पर्ने हुनाले ग्राहकलाई प्रत्यक्ष मर्का पर्ने र उद्योग समेत धरासयी हुने उहाले बताउनुभयो । उहाले बैंकिङ एशोसिएसनका अध्यक्षलाई फोन गरेर अहिले सरकारले ल्याएको नीति निरन्तर रह्यो भने आफूहरु ब्याज तिर्न सक्ने अवस्था नहुने कुरा जानकारी गराएको बतायनुभयो । उहाले कुनैपनि कोणबाट यो सुविधा दिएर मुठ्ठीभरका केही व्यवसायीहरुलाई प्रोत्साहन दिने र बाँकीलाई मर्न बाध्य पार्ने र करिब डेढ सय अर्बको लगानीलाई माटोमा मिलाउने काम गर्न दिन नहुने धारणा पनि राख्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...