HomeFeatureव्यवसायी, मजदुर संगठन र लोत्सेबीच नयाँ बसपार्कमा बुकिङ काउन्टरलाई प्रविधिमैत्री बनाएर अगाडी...

व्यवसायी, मजदुर संगठन र लोत्सेबीच नयाँ बसपार्कमा बुकिङ काउन्टरलाई प्रविधिमैत्री बनाएर अगाडी बढ्ने सहमति

काठमाण्डौ, 11 नोवेम्बर 2020

नेपाल यातायात व्यवसायी महासंघ, लोत्से बहुउद्देश्यी प्राली र तीनवटा मजदुर संगठनबीच नयाँ बसपार्कमा सञ्चालित बुकिङ काउन्टरलाई प्रविधिमैत्री बनाएर अगाडी बढ्ने सहमति भएको छ । आवश्यक मापदण्डको आधारमा प्रविधि जडान गरी टिकी बुकिङ गर्ने तथा यातायात कम्पनीहरुले आफ्ना कर्मचारी तथा श्रमिकरुलाई तालिमको व्यवस्था गर्दै सुरुवाती समयलाई गणना गरी काममा निरन्तरता दिने व्यवस्था गर्ने सहमति पनि उनीहरुबीच भएको छ । आज महासंघका तर्फबाट योगेन्द्र कर्माचार्य, लोत्सेका तर्फबाट दिपक कुँवर तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका तर्फबाट अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका तर्फबाट अध्यक्ष राम कार्की र नेपाल यातायात मजदुर संघका तर्फबाट अध्यक्ष धर्म भण्डारीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । कुनै श्रमिकले स्वेच्छिक अवकाशमा जान चाहेमा श्रम ऐन तथा कम्पनीको कर्मचारी नियमावली अनुसार सेवा सुविधा सम्बन्धित प्रालीहरुले दिने सहमति पनि बनेको छ ।

यस्तै यातायात प्रालिहरुले आफ्नो प्रालीको पहिचान सहितको संकेतबोर्ड राख्ने र दक्ष श्रमिकहरुबाट सेवा प्रदान गर्न आवश्यक व्यवस्था लोत्से सहकारीले गर्ने सहमति पनि भएको छ । बसपार्कभित्र झैझगडा गर्ने, डर धम्की दिने, कुटपीट गर्ने, बोर्ड च्यात्ने कार्य अब उप्रान्त कोही कसैले नगर्ने नगराउने सहमति पत्रमा उल्लेख छ । यसैगरी बसपार्क भित्र श्रमिकहरुका लागि खानेपानी, सौचालय र सुचनापटी सहितको विश्राम गृहको व्यवस्थापन गर्ने, बसपार्कमा यातायात सञ्चालन, परिचालन व्यवस्थापन तथा समस्या समाधानका लागि लोत्से महासंघ र तीनवटै मजदुर संगठनहरु सम्मिलित तहगत कार्यदल बनाउने पनि सहमति बनेको छ । यसैगरी गोंगबु नयाँ बसपार्कमा यातायत सेवा सञ्चालन तथा व्यवस्थापनमा कुनै समस्या  आइपरेमा संयुक्त कार्यदलले सम्बोधन गर्ने सहमति पनि बनेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...