HomeFeatureशनिबार आयोजना गरेको १० किलोमिटर दौडमा पुरुषतर्फ सिमोन र महिलातर्फ पुष्पा च्याम्पियन

शनिबार आयोजना गरेको १० किलोमिटर दौडमा पुरुषतर्फ सिमोन र महिलातर्फ पुष्पा च्याम्पियन

काठमाडौं, 26 फरवरी 2022

सर्वाधिक पुरस्कार राशीको केटीएम रन टेन के प्रतियोगिताको उपाधि केन्याली धावक सिमोन किप्लागेट र एपीएफ क्लबकी पुष्पा भण्डारीले जितेका छन् । शेर्पा आउटडोरको केटीएम सिटीले दरबारमार्गमा शनिबार आयोजना गरेको १० किलोमिटर दौडमा पुरुषतर्फ सिमोन र महिलातर्फ पुष्पा च्याम्पियन बनेका हुन् । सिमोनले निर्धारित दुरी ३० मिनेट ५५.५८ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि जिते । दुर्गा बहादुर बुढाले ३० मिनेट ५७.६० सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे । तेस्रो भएका मुकेश पलले ३१ मिनेट २२.६३ सेकेण्डको समय निकाले । पुरुषतर्फ अजित कुमार यादव, सन्तोष विष्ट, सुबाश कार्की, टंक कार्की, राजेन्द्र तामाङ, सन्जिब नेपाली र दिनेश सिंह बोगटी क्रमशः चौंथो देखि दशौँ स्थानमा रहे । महिलातर्फको उपाधि जित्ने क्रममा पुष्पाले निर्धारित दुरी ३६ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् । महिलातर्फ एपीएफकै फुलमती राना ३७ मिनेट १४.०१ सेकेण्डको समयसहित दोस्रो भईन् । तेस्रो भएकी राममाया बुढाले ३९ मिनेट ४२.०८ सेकेण्डको समय निकालिन । महिलातर्फ बिन्द्रा श्रेष्ठ, सिमा थारु,सरस्वती बोहरा, आशा रावत,विमला कार्की, राधिका श्रेष्ठ र कृष्णश्वरी सिन्तकला चौंथो देखि दशौँ स्थानमा रहिन् । प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले ट्रफी सहित समान १÷१ लाख रुपैयाँ प्राप्त गरे । यस्तै  दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौं हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे । शेर्पा आउटडोरले पहिलो पटक सर्वाधिक पुरस्कार राशीको केटीएम रन आयोजना गरेको हो । केटीएम रन दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएर सकिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...