HomeFeatureशहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र एफसी त्रिभुवन आर्मी...

शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र एफसी त्रिभुवन आर्मी क्लब बराबरीमा

काठमाडौं, 29 नवम्बर 2021

शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र एफसी त्रिभुवन आर्मी क्लब बराबरीमा खेलेका छन् । सोमबार भएको खेलमा मछिन्द्र मछिन्द्र एफसी र साविक उपविजेता त्रिभुवन आर्मीले गोलरहित बराबरी खेलेका हुन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा दुबै टोलीले पाएको मौकामा सदुपयोग गर्न सकेनन् । आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टिम गोल गर्न सकेनन् । दशौँ मिनेटमा विशाल राईलाई फउल गरेपछि पाएको फ्रिकिकमा डिफेन्डर ओमिलाजा करिमको प्रहार फ्रेममा पर्न सकेन । खेलको २६ औं मिनेटमा मछिन्द्रले गोलको अवसर गुमायो । रञ्‍जित धिमालको क्रसमा नुर्लान नोभ्रुजोभको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाए । सोहि रिबाउन्ड बलमा सुनिल बलको प्रहार पनि विकेशले बचाए । त्यसपछि आर्मीका सन्तोष तामाङले गोललाइनबाट बल क्लियर गरेका थिए । आर्मीका कप्तान भरत खवासले ३८ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाटको फितलो प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै आफ्नो पन्जामा पारे । मछिन्द्रका विशाल राईको कर्नरमा ६६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार फ्रेममा पर्न  सकेनन् । यस बराबरीसँगै मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ । मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको थियो। अघिल्लो पटकको लिगको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १–० ले हराएर उपाधि चुमेको थियो । यस अधि भएको खेलमा पनि ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...