शिवम् सिमेन्टका निखिल अग्रवाल नयाँ दिल्लीमा सम्मानित
काठमाडौं, 30 अक्टोबर 2023
नयाँ दिल्लीमा शिवम् सिमेन्टका भीपी (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका छन् । शिवम् सिमेन्टको स्थापना कालदेखिनै कम्पनीमा कार्यरत अग्रवाल भारतको नयाँ दिल्लीमा भएको एक कार्यक्रममा सम्मानित भएका हुन् ।
ब्राण्डम्यान इन्डिया पीआर एण्ड प्रोमोसनद्वारा नयाँ दिल्लीमा आयोजित अवार्ड कार्यक्रममा उनी श्री माहात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार–२०२३ बाट उनी सम्मानित भएका हुन् । अग्रवाल शिवम् सिमेन्टको स्थापनाकाल देखिनै निरन्तर कार्यरत छन् ।
ब्राण्डम्यान इन्डियाले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ । यसको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ ।









































