HomeFeatureशेयर बजार अर्को नयाँ रेकर्ड, चार अर्ब माथिको कारोवार

शेयर बजार अर्को नयाँ रेकर्ड, चार अर्ब माथिको कारोवार

काठमाडौँ, २६ फरवरी, २०२०
शेयर बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ । शेयर बाजरमा कारोबार रकम अहिले सम्मकै उच्च ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको भएको छ । १ सय ८० कम्पनीको ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर खरिद विक्री भएको छ । परिसूचक नेप्से पनि ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक ९ दशमलव ४९ अंकले बढेर ३ सय ३६ दशमलव शुन्य ५ को छ ।

बुधबार शेयर बजार समान्य रहने आकलन लगानीकर्ताले गरिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीले अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि लगानीकर्ता उत्साहित हुँदा कारोबार रकम बढेको देखिन्छ । जसको कारण शेयरको माग बढ्न गई नेप्सेमा पनि उच्च वृद्धि भएको छ । अर्थमन्त्री खतिवडा लगानीकर्ताले नरुचाइएका अर्थमन्त्री भएका कारण राष्ट्रिय सभाबाट बाहिरिदा अर्थमन्त्रीबाट समेत बाहिरिनुपर्ने अवस्था आउने र शेयर बजार प्रति विरोधिका रुपमा चिनिएका व्यक्ति बाहिरिदा बजारलाई फाइदा पुग्ने विश्लेषण लगानीकर्ताहरुको छ । जसका कारण केही दिन देखि बजारको कारोबार रकमसँगै नेप्से परिसूचक बढ्दै आएको छ ।

बाजरमा एभरेष्ट बैंक,राष्ट्रिय बीमा कम्पनी र युनिलिभर नेपालको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने कालिका पावर, गुरास लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, शिभिल लघुवित्त र जोशी हाइड्रोपावरको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत कम्पनीका शेयरधनीले ८ दशमलव २९ प्रतिशतले गुमाएका छन् ।

बजारमा सबै समुहका सूचकहरु बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समुहको सूचक ६ दशमलव १२ प्रतिशतले बढेको छ । बैंकिङ समुह पनि ३ दशमलव ८६ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समुह ४ दशमलव ६३ प्रतिशत, होटल समुह ३ दशमलव ७७, निर्जीवन बीमा समुह ४ दशमलव १८ प्रतिशतले बढेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सबैभन्दा धेरै २१ करोड ९९लाख ४७ हजार २ सय ५७ रुपैयाँको भएको छ । शिवम सिमेन्टको साढे १८ करोड रुपैयाँको कारोबार भएको छ । १० करोड भन्दा माथि कारोबार हुने ८ कम्पनी रहेका छन् ।

बजारमा ठुला लगानीकर्ताको प्रवेश हुन थालेपछि कारोबार रकम बढेको र साना लागनीकर्ताले पनि ठुला लगानीकर्ताको पछि लागेको देखिएको छ । त्यस्तै शेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरुले पनि सजिलै कर्जा उपलब्ध गराउन थालेपछि बजारमा कारोबार बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...