HomeFeatureशेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको डा. शशांक...

शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको डा. शशांक कोइरालाको दावी

काठमाडौं, 24 अगस्त 2020

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको बताउनभुएको छ। १४ औं महाधिवेशनमा आफु सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उहाँले बताउनुभयो। पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उहाँको भनाई छ। न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गर्नुभयो।उहाँले भन्नुभयो, ‘‘मैले धेरैसँग परामर्श गर्दै छु। उनीहरु तपाई नै उठ्नुपर्यो भन्नुहुन्छ। तर मैले धेरै साथीहरुका दावी छ भन्छु। रामचन्द्र दाई, सिटौला जी हुनुहुन्छ। प्रकाशमान छन् धेरे छन सबै उठेर त भएन नी । हाम्रो लक्ष्य के हुनुपर्यो। हामी सबै मिलेर एक जना उठ्नुपर्यो। त्यसका लागि आपसमा वार्ता हुनुपर्यो। वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ। रामचन्द्र दाईले पनि सक्नुहुन्न। अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुर जी लाई हराउने व्यक्ति छैन।

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उहाँले असन्तुष्टि समेत जनाउनुभयो। सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उहाँको भनाई छ। पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उहाँले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने उहाँले बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्यो । किन की अरु विकल्प छैन। पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो। अहिले विभाग गठन भइरहेको छ। यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि। भोली महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो। विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ। मनपरी गर्दै हुनुहुन्छ। भेटेरपनि भनेका छौँ। अहिले नबनाउनुस अहिले बनाएर के गर्न सक्नुहुन्छ। ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नु भएन। आफ्ना कुरा राख्न बाहेक अरु केही गर्न सकिँदैन। भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ। सबैभन्दा पहिले अधिवेशन गर्ने हो की होइन ? समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुपर्यो। जिल्लाका सबै एकाइको हुनुपर्यो । क्रियाशिल वितरण सहि किसिमले गर्नुपर्यो।धेरे जिल्लामा समस्या छ। समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडी बढ्नुपर्यो क्रियाशिल दिने त वार्डले हो। १०—१० लाख क्रियाशिल बनाउदा गाइजात्रा हुने डर छ।  नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ। क्रियाशिल दिनुभएको छ। आउनेहरु क्रियाशिल हुन की होइनन भनेर पनि पुष्टि गर्नुपर्यो। महाधिवेशनका लागि पार्टीमा गुट-उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उहाँको भनाई छ।

आफु सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडी बढाउने दावी कोइरालाले गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘पार्टीलाई एक बनाउने अहिले धेरै गुट-उपगुट छन् महाधिवेशनका लागि हुनु स्वभाविक हो। तर महाधिवेशन सकिने वित्तिकै पार्टीलाई एक बनाउनुपर्यो। जुन शेरबहादुर जीले सक्नु भएन। आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ। तोकिएकै मिति फाल्गुन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सहि स्थानामा ल्याउन सकिने उहाँले बताउनुभयो। कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो। अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताउनुभयो। सरकारले पटक पटक संविधान र ऐन कानून विपरित काम गरिरहेको उहाँको आरोप छ। देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको उहाँले आरोप लगाउनुभयो। लोकतन्त्रलाई जोगाउन भएपनि अहिले डेमोक्र्याटिक अलाइन्सको आवश्यकता रहेको पनि कोइरालाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘लोकतन्त्र स्थापित नहुदाँसम्म अलाइन्स गर्नुपर्छ। डेमेक्रेसी अहिलेपनि खतरामा छ। कम्युनिष्टहरु डेमेक्रेसीमा विश्वास गर्दैनन, संसदीय व्यवस्थामा उनीहरु विश्वास गर्दैनन त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...