दिल्ली, 4 अप्रैल 2022
श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल चर्किएको छ । आइतबार रातिबाट तत्काल लागू हुने गरी मुलुकको सम्पूर्ण मन्त्रिपरिषद्ले राजीनामा दिएको छ । यसबारे मन्त्रिपरिषद्ले जनाएको छ। राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक २६ मन्त्रीले श्रीलंकाका प्रधानमन्त्रीलाई राजीनामा बुझाएको जनाइएको छ । यद्यपी मन्त्रिपरिषद्को यो सामूहिक राजीनामाको कारण भने खुलेको छैन् ।









































