HomeFeatureसंखुवासभाको सामूहिक हत्याकाण्डमा संमलग्न 1 जना पक्राउ

संखुवासभाको सामूहिक हत्याकाण्डमा संमलग्न 1 जना पक्राउ

संखुवासभा, 11 सितम्बर 2021

संखुवासभाको मादी नगरपालिका १ उम्लिङखोला गाउँमा भएको सामूहिक हत्यामा संमलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मृतककै  आफन्त लोकबहादुर कार्कीलाई सामूहिक हत्याकाण्डको आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार लोक बहादुरले आफ्नो अपराध स्वीकार गरेको बताइएको छ। प्रहरीले आफन्तबाटै घटना भएको हुनसक्ने अनुमान गर्दै अनुसन्धान अघि बढाएको थियो । हत्यामा संमलग्न भएको आरोपमा मादी- १ उम्लिङखोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । घटनाको बारेमा थप जानकारी आइतबार पत्रकार सम्मेलन गराउने प्रहरीले जनाएको छ। गत सोमबार मादी –१ उम्लिङको खोला गाउँमा तेजबहादुर कार्की,  आमा पार्वती कार्की,  श्रीमती कमला कार्की,  तेजबहादुरकी बुहारी, रञ्जना कार्की, नाति दीपेन कार्की र नातिनी, गोमा कार्कीको हत्या भएको थियो। घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बीसी,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...