HomeFeatureसंघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको, रामनारायण बिडारीको टिप्पणी

संघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको, रामनारायण बिडारीको टिप्पणी

काठमाण्डौं, 3 अगस्त, 2021

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको टिप्पणी गर्नु भएको छ । संघीय संसद राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै उहाँले संघीयताबारे सरकार आफै अनविज्ञ रहेको दावी गर्नु भयो । सांसद बिडारीले अहिलेको ‘ब्यूरोक्रेसी’समेत संघीयताको बारेमा जानकार नरहेको बताउनु भयो । आफूले संघीयताको बारेमा पटक पटक भन्ने गरेको स्मरण गराउँदै

उहाँले भन्नु भयो,“हाम्रो अहिलेको ब्यूरोक्रेसी, अहिले हाम्रो चलिरहेको सरकार संघीयताको बारेमा अनविज्ञ ।” संघीयताको बारेमा उसले जिन्दगीभर कुनै अभ्यास नगरेको, नपढेको हुनाले सरकार र मुलुकको ब्यूरोक्रेसी संघीयताको बारेमा अनविज्ञ रहेको सांसद बिडारीको तर्क छ ।

 “अन्तको संघीयताको अभ्यास हाम्रोमा अभ्यास भएन । हाम्रो देशमा थिएन ।” सांसद बिडारीलेको प्रश्न थियो,  “विचरा, सरकारको दिमागमा कसरी संघीयता छ भन्ने सोच आओस?”

कानुनका जानकार उहाँले नेपालमा कति वटा ऐन छन भन्ने कुरा नेपाल सरकारका पदाधिकारीलाई समेत थाहा नभएको जिकीर समेत गर्नु भयो ।बैठकमा राष्ट्रियसभाका अर्का सांसद राधेश्याम अधिकारीले प्रदेश र स्थानीय तहले पनि कानुन बनाउने भएकाले त्यसको अनुगमनको काम उनीहरु आफैले गर्ने भएकाले सो सम्बन्धमा संघीय कानुनको व्यवस्था गरिरहन नपर्ने बताउनु भयो । समितिको बैठकमा “अनुगमन तथा मूल्यांकन विधेयक, २०७६” सम्बन्धमा छलफल भईरहेको थियो । सांसद अधिकारीले सो विधेयकका प्रस्तावनामा नै प्रदेश र स्थानीय सरकारले बनाएको कानुन समेत अनुगमन गर्ने भनि गरिएको व्यवस्था संघीयता अनुकूल नहुने भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्रदेश र स्थानीय सरकार आफैले आफ्नो कानुन बनाउने भएकाले संघीय कानुनमा ती कानुनहरुको अनुगमन गर्ने व्यवस्था गर्न नहुने तर्क समेत गर्नु भयो ।बैठकमा समितिका सभापति परशुराम मेघी गुरुङले सो विधेयकको प्रस्तावनामा छिटो आफ्नो राय दिन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग आग्रह गर्नु भएको थियो । संघ, प्रदेश तथा स्थानीय तहका विकास आयोजनाको अनुमगन तथा मूल्यांकन गर्न, अनुगमन तथा मूल्यांकनका आधार, चरण, मापदण्ड, अनुगमन मूल्यांकन गर्ने  निकाय, राष्ट्रिय विकास समस्या समाधान समिति तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिसहितको कानुनी व्यवस्था गरी विकास पूर्वाधारहरुलाई उपलब्धिमूलक बनाउन अनुमगन तथा मूल्यांकन सम्बन्धि छुट्टै ऐनको आवश्यक्ता देखिएपछि सो विधेयक सरकारले ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...