HomeFeatureसंघीय राजधानीमा खोप लगाउनेहरुको भीड घटेन

संघीय राजधानीमा खोप लगाउनेहरुको भीड घटेन

काठमाण्डौं, 3 अगस्त, 2021

सरकारले कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरुको भीड घटेको छैन । राजधानी काठमाडौंमा कोभिड–१९ विरुद्धको खोप लगाउने खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड बढिरहेकोछ । अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिदा खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ । काठमाडौंमा विभिन्न खोप केन्द्रहरुबाट खोप निरन्तर लगाइएको  छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ । दिनभरी लाइनमा बस्दा पनि कतिपयले खोप लगाउन नपाएको गुनासो समेत गरेका छन् । अर्कोतर्फ नागरिकले आफुहरुले खोप लगाउन नपाएको पनि बताएका छन् । थापाथलीस्थित प्रसुतिगृह खोप केन्द्रमा खोप लगाउन पुगेका सर्वसाधारणले आफुहरुले खोप लगाउन नपाएको गुनासो गरेका छन् । खोप लगाउन पुगेका गोपाल खनालले आफुलाई बिहानभरी लाइन बस्दा पनि खोपबाट वञ्चित गराईएको बताउनुभयो ।सरकारले १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई निर्विवाद खोप लगाउने व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो । लक्षित समुह भनेर सरकारले नागरिकहरुलाई विभेद गरेको उहाँको भनाई छ । खोपहुँचवालाले खोप लगाउन नपाउने र अरुले लगाउन नपाउने अवस्थाको अन्त्य गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...