दिल्ली, 15 फरवरी 2022
विशुद्ध सामाजिक संगठन संयुक्त नेपाली महासंघ मुम्बईले आफ्नो संस्थाको कार्यालय नविनीकरण गरेको छ। नेशनल लाईभ टिभीलाई मुम्बईबाट समाजसेवी पूरन कुंवरले दिएको जानकारी अनुसार, 13 फरवरी 2022 का दिन मुम्बईको केन्द्रीय कार्यालय तुङ्गा गाँउ, बाजी-पासल-कर मार्ग, साकि-बिहार रोड, पवई अन्धेरीमा कार्यालय नविनी-करण-को उद्घाटन प्रमुख अतिथिका रूपमा उपस्थित रहेका शिवसेना उपप्रमुख माननीय अशोक माटेकर-ले गरेका थिए। कार्यालय नविनीकरणको काममा स्थानीय नगर सेविका अश्विनी अशोक माटेकरले प्रमुख भूमिका निर्वाह गरेकी थिइन। संयुक्त नेपाली महासंघले उपविभाग प्रमुख अशोक माटेकरको योगदानको कदर गर्दै उनलाई स्वागत गरेको थियो। माटेकरले उपस्थिहरुलाई सम्बोधन गर्दै नेपाल भारत बीच परापूर्व काल देखिनै प्रगाढ मैत्री सम्बन्ध रही आएको र शिवसेनाले नेपाल र नेपाली लाई निकै माया गर्ने गरेको बताउनु भयो। आगामी दिनहरुमा पनि आफुले यो समाजको लागि सक्दो सहयोग गर्ने उनले आश्वासन दिए। उक्त कार्यक्रमको अध्यक्षता धीर रावल र संचालन महामन्त्री पूर्ण बहादुर कुंवरले गरेका थिए।कार्यक्रममा पदाधिकारी तथा कार्यकारिणी सदस्यहरु उपाध्यक्ष, विष्णु काफ्ले, कोषाध्यक्ष उत्तम शर्मा, सह-महा-मन्त्री सूरज बोगटी, अर्थमन्त्री नरेश भण्डारी, शिक्षामन्त्री सीता काफ्ले, सांस्कृतिक मन्त्री तारा शर्मा, संगठन मन्त्री भीमराज गैरे, कार्यालय व्य-वस्थापक नीरु भुसाल, कृष्ण पाण्डे, चन्द्र सिंह, कमला भण्डारी, दुर्गा मरासिनी, कमला लम्गादै, अर्चना गुरुङ, महिला प्रमुख सविता शर्मा, नवराज शर्मा, विशेष अतिथि महासंघका पूर्व अध्यक्ष एवम हाल सल्लाहकार सह प्रमुख जगत बहादुर सिंह, नि-वर्तमान अध्यक्ष भरत रावल, पूर्व कोषाध्यक्ष एकेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो।









































