HomeFeatureसंविधान खारेज गरेर शासन सत्ता हातमा लिनेविरुद्ध गठबन्धन: नेपाल

संविधान खारेज गरेर शासन सत्ता हातमा लिनेविरुद्ध गठबन्धन: नेपाल

काठमाडौं, 22 अक्टूबर 2022

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान खारेज गरेर शासन सत्ता हातमा लिनेविरुद्ध गठबन्धन बनेको बताएका छन् । उनले अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई विजयी गर्नतिर लाग्न गठबन्धन दलका नेता र कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।

लोकतान्त्रिक–वाम गठबन्धनले विराटनगरमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय सत्तारुढ गठबन्धन दलका नेता तथा कार्यकर्ताको भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले चुनावसम्म आपसी गुनासो बिर्सिन आग्रह गरेका थिए ।

‘संविधान खारेज गरेर एकलौटी शासन हातमा लिनेविरुद्ध हामीले अप्ठयारो परिस्थितिमा लिएको निर्णयले अहिलेको गठबन्धन भएको बिर्सिनु हुँदैन,’ नेपालले भने ।गठबन्धन दलमा आबद्ध प्रदेश १ का नेता र कार्यकर्ताहरूमा आफूले उत्साह नपाएको नेपालको गुनासो थियो । प्रदेश १ मा गठबन्धन दलका नेता तथा कार्यकर्ताहरूमा उत्साह कम हुनुको कारण ‘भोको पेट भएर कि मन कुँढिएर’ भन्ने उनको प्रश्न थियो ।

नेपालले हरेक गुनासा चुनावसम्म बिर्सिएर गठबन्धनलाई विजय गराउन नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका थिए । ‘समाज र जनताको समस्या राजनीति ठीक ढंगले अगाडि बढेमात्रै सम्बोधन हुन्छ,’ उनले भने । गठबन्धन केन्द्रमा मात्रै गरेर सफल नहुने भएकाले तल्लो तहसम्म त्यही अनुसारको विचार र भावनाको विकास गराउनु आवश्यक भएको उनले बताए ।

मधेसी, दलित, मुस्लिम, अल्पसंख्यक, आदिवासी जनजाति, पिछडिएका वर्गलगायत आम नेपालीलाई सुखी बनाउने लक्ष्य पूरा गर्न गठबन्धनको पक्षमा मतदान गर्न नेपालले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...