HomeFeatureसंविधान मिच्ने एमालेले अहिले विधिको कुरा गर्न सुहाउँदैन : प्रकाशमान सिंह

संविधान मिच्ने एमालेले अहिले विधिको कुरा गर्न सुहाउँदैन : प्रकाशमान सिंह

काठमाण्डौ, 23 जुलाई 2021

नेपाली कांग्रेसका नेता एवम् सांसद प्रकाशमान सिंहले सत्तामा हुँदा विधि नमान्नेहरुले सत्ताबाट बाहिरिएर प्रतिपक्षमा बस्दा विधिको कुरा गर्न नसुहाउने टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता सिंहले सत्तामा बस्दा प्रतिनिधि सभा विघटन गर्दा विधि पालना नगर्नेहरुले अहिले विधिका कुरा गर्ने मिल्छ भन्दै प्रश्न गरे। प्रतिपक्षमा पुगेको नेकपा एमालेले शेरबहादुर देउवा सर्वोच्चको परमादेशबाट बनेको प्रधानमन्त्री भएको भनेर गरेको टिप्पणीप्रति नेता सिंहले आपत्ति जनाए। कानुन बनाउँदा विज्ञ बन्ने,  संविधान ड्राफ्ट गर्दा धारा ७६ को (५) राख्ने अनि अहिले संसदीय अभ्यास, कल्चर र भ्यालुको कुरा गर्न मिल्छ ? ’ सिंहले भने, ‘प्रतिनिधि सभा विघटन गर्दा र सत्तामा बस्दा विधि पालना नगर्ने, अनि अहिले जनताको जनादेश होइन परमादेशबाट भयो भनेर के पाउनुहुन्छ?  बहुमत प्राप्त व्यक्तिले विधि र प्रक्रिया नमान्दा कमजोर मानिस सत्तामा आउनुपर्छ भन्ने सन्देश प्रवाह भएको नेता सिंहले टिप्पणी गरे। एमाले नेतृत्वको पूर्ववर्ती सरकार र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग गर्दै नेता सिंहले चुच्चे रेल, पानी जहाज, हाइवेमा रनवे बनिसकेकाले प्रधानमन्त्री देउवालाई सहज नै भएको बताए।  ‘केपी शर्मा ओलीले चुच्चे रेल, पानी जाहाज, हाइवेमा रन वे बनाइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सजह नै भएको छ,’  सिंहले भने।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...