HomeFeatureसंविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसंगको संघर्ष जारी रहन्छः प्रचण्ड

संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसंगको संघर्ष जारी रहन्छः प्रचण्ड

काठमाण्डौ, 14 मई 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसंगको संघर्ष जारी रहने बताउनुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विरुद्ध बैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुन प्रधानमन्त्री बनेपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताउनुभएको हो । उहाँले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने उल्लेख गर्नुभयो । सरकार गठनमा नेकपा एमालेको नेपाल खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उहाँले अहिले नै धोका भयो भनेर टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो “चुनौतिपुर्ण पनि छ संभावना पनि छ । हामी आफ्नो ढंगले अघि बढ्छौ । संविधान र लोकतन्त्रको रक्षाको निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसंगको हाम्रो संघर्ष जारी रहन्छ । प्रतिपक्षीको हैसियतल गलत कामको आलोचना हुन्छ । जनताको राहत दिने र संविधान र राष्टको बचाउको पक्षमा हामी निरन्तर संघर्षमा हुन्छ । अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न । किनभने अहिले भर्रखर पनि हामी कुरा गर्दैछौ । उहाँहरु भित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरु आफु पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनुभएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ । म आशा गर्छु उहाँहरु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एकठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु । ”

उहाँले असंबैधानिक ढंगले हुने निर्वाचनको विरोध गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो संबैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो । आलोचना हुने हो । संविधान अनुसार हुने चुनावमा हाम्रो सहभागीता हुन्छ । ”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...