नयाँ दिल्ली, 16 जनवरी 2020
संसदको बजेट सत्र आगामी 31 जनवरीदेखि सुरु भएर 3 अप्रेलसम्म चल्नेछ। सत्रको पहिलो चरण 31 जनवरीदेखि 11 फेब्रुअरीसम्म चल्नेछ त्यसैगरी दोस्रो चरण 2 मार्चदेखि 3 अप्रेलसम्म चल्नेछ।
राष्ट्रपति रामनाथ कोविन्दले 31 जनवरीको बिहान 11 बजे संसदको सेन्ट्रल हलबाट लोकसभा र राज्यसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ।