काठमाडौं, 21 जनवरी 2023
नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पासपोर्ट छानविनको विषयमा संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधिसभाको उपसभामुख चयनका लागि जारी बैठकमा बोल्दै सांसद खतिवडाले उक्त विषयमा सभामुखसमक्ष संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरेका हुन् ।
‘यो संसदमा धेरै कुराहरुको छानवीनको जरुरी छ, सभामुख महोदय । कसैको नागरिकताको बारेमा छानवीन होला । कसैको पासपोर्टको बारेमा छानवीन होला । यो विषयमा गृहमन्त्रीको जवाफ चाहियो । जवाफका लागि रुलिङको आवश्यक्ता देख्छु, सभामुख महोदय ।’ उनले भने ।
सांसद खतिवडाले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँटने, छल्ने काम नगर्न पनि सचेत गराए ।









































