काठमाडौं, 16 मई 2022
सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ । सोमबार संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले बजेट अधिवेशन निकै महत्वपूण रहेको भन्दै सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि एमालेले लगातार संसद बैठकमा विरोध गर्दै आएको छ । सभामुख सापकोटाले बजेट अधिवेशनअघि सदनलाई सहज रुपमा सञ्चालन गर्न दलका प्रतिनिधिहरुसंग छलफल गर्ने बताउनुभयो । उहाले बजेट अधिवेशन मूल रुपमा बजेटमै केन्द्रित हुने भएपछि सुरुमा केहि अध्यादेश पेश हुने बताउनुभयो । सभामुख सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगलाई अघि बढाउने बिषयमा भने बिषयमा कार्यव्यवस्थामा छलफल हुने धारणा राख्नुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्ह चारबजेका लागि संघीय संसदको बजेट अधिवेशन आह्वान गर्नुभएको थियो ।









































