काठमाडौं, 19 जनवरी 2023
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्ने वचन दिएका छन् । बिहीबार सभामुखमा निर्वाचित भएपछि संसदभवनबाट बाहिरिँदै उनले यस्तो बताए ।
उनले भने ‘निष्पक्ष र तटस्थ ढङ्गले संसद् चलाउँछु । सभाको प्रतिनिधित्व ठिक ढङ्गले अगाडि बढाउँछु,।’
बिहीबारको संसद् बैठकबाट उनी १६७ मतसहित सभामुखमा निर्वाचित भएका छन् ।
घिमिरे झापा २ बाट निर्वाचित भएका थिए ।









































